अष्टभुजा देवी
राष्ट्र सेविका नेपालमा माता अष्टभुजा देवीलाई शक्ति, साहस, मातृत्व, धर्मरक्षा र राष्ट्रसेवाको प्रेरणाको प्रतीकका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ। अष्टभुजा देवीका आठ हातले धर्म, ज्ञान, साहस, आत्मसंयम, सेवा, संगठन, नेतृत्व र राष्ट्रभक्तिको सन्देश दिन्छन्। उहाँको आराधनाले प्रत्येक सेविकालाई आफ्नो परिवार, समाज र राष्ट्रप्रति समर्पित भई अनुशासित, चरित्रवान् तथा सेवाभावी जीवन जिउन प्रेरणा प्रदान गर्दछ। देवीको शक्ति अन्यायमाथि सत्यको विजय, अधर्ममाथि धर्मको विजय तथा दुर्बलताको स्थानमा आत्मबलको विकासको प्रतीक मानिन्छ।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥